शनिबार, बैशाख १५, २०८१

समायोजनप्रति स्वास्थ्य सेवा तर्फका २ हजार कर्मचारीको गुनासो

काठमाडौं चैत २९,  कर्मचारी समायोजनप्रति स्वास्थ्य सेवातर्फका २ हजार बढि कर्मचारीहरुले असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका छन् । सरकारले २६ चैतमा स्वास्थ्य क्षेत्रका चौँथो तहदेखि दशौँ तहसम्मका २६ सय कर्मचारीको समायोजन सम्पन्न गरेको थियो ।
। सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीका अनुसार सरकारले समायोजनपछि कर्मचारीको गुनासो दर्ता गर्ने व्यवस्था गरेको दोस्रो दिनसम्म २ हजार कर्मचारीले गुनासो दर्ता गराएका छन् ।

सरकारले संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा गुनासो सुन्ने ईकाईको व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार असन्तुष्ट कर्मचारीले बैशाख ५ गतेसम्म गुनासो दर्ता गराउन सक्नेछन् । मन्त्रालयले गुनासोको प्रकृति हरिे गुनासोलाई सम्बोधन गर्ने जनाएको छ ।
सरकारले प्रशासनतर्फको समायोजन गत १४ चैतमै सम्पन्न गरेको थियो । सरकारले पहिलोपटक सफ्टवेयरको प्रयोगबाट कर्मचारीको समायोजन सम्पन्न गरेको थियो । समायोजन हुन बाँकि स्वास्थ्यतर्फ समेत सफ्टवेयरको प्रयोग गरिएको थियो । तर कर्मचारीले सफ्टवेयरले स्वास्थ्य क्षेत्रको समायोजन गर्दा समस्या भएको गुनासो गरेका छन् । यसै विषयलाई लिएर देशभरका चिकित्सक अस्पतालको सेवा ठप्प पारेर आन्दोलनमा होमिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले यसबारे नीतिगत निर्णय गरिसकेकाले चिकित्सकको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छलफल गरेर निष्कर्ष निकाल्न सक्ने बताएको छ । स्वास्थ्यतर्फका कर्मचारीले विभिन्न तहगत रुपमा रहेको स्वास्थ्यतर्फका कर्मचारीको समायोजनमा प्रशासनतर्फका कर्मचारीको श्रेणीगत रुपमा रहेका पद र दरबन्दीका आधारमा सफ्टवेयर प्रयोग गरी समायोजन गरिएकाले समायोजनले आफूहरुलाई मर्कामा पारेको बताउदै आएका छन् । राजधानी दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।