बिहिबार, बैशाख ६, २०८१

करप्रसाद ओली नेतृवको सरकार निरंकुशता लाद्न उदृत रहेको काँग्रेस सभापति देउवाको आरोप

काठमाडौ चैत २९,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको पोखरामा बिहीबारदेखि सुरु तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद ओली’ को संज्ञा दिएका छन् । सम्बोधनको क्रममा  सभापति देउवाले भने ‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘करप्रसाद ओली’ राख्नुपर्ने भयो ।

साथै उहाँले सरकारले नेपाली सेनामाथि राजनीतिक हस्तक्षेप गर्न थालेको आरोप लगाउँदै वर्तमान सरकार सेनामाथि हस्तक्षेप गरेर निरंकुशतामाथि जान थालेको जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले सरकार प्रेसमाथि अंकुश लगाएर निरंकुशता लाद्न उदृत रहेको जनाउ दिदै कांग्रेसले प्रजातन्त्र, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनजस्ता विषयमा लड्दै आएकोमा वर्तमान सरकारले अंकुश लगाउन खोज्ने चेष्टा गरेको जिकिर गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।