बुधबार, बैशाख २६, २०८१

सञ्चार सम्बन्धी आउन लागेको कानूनले सम्पूर्ण सञ्चार क्षेत्रलाई व्यवस्थित गर्छ : मन्त्री बाँस्कोटा 

काठमाडौं  चैत २६,  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीबि पत्रकारका लागि सरकारले तोकेको सेवा सुविधा सञ्चार गृहले कुनै पनि हातलमा दिनु पर्ने बताउँनु भएको छ । मंगलवार नेपाल पत्रकार महासंघ श्रमजीबी हित प्रवद्र्धन समितिले आयोजना गरेको “पत्रकारितामा श्रम सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले जहिल्यै सिष्टमको वकालत गर्छ र यहि सिष्टमलाई कार्यान्वयन गर्नु सरकारको कर्तब्य भएको जनाउ दिदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने सरकार प्रतिवद्ध भएको बताउँनु भएको छ ।

साथै उहाँले सञ्चारकर्मीलाई तोकेको सेवा सुविधा दिनुपर्ने कुरा उठेपछि नेपाल मिडिया सोसाईटीले प्रेश स्वतन्त्रताको दुहाइ दिदै जारी गरेको विज्ञप्तीलाई स्मरण गर्दै भने वर्तमान सरकार श्रमको सम्मान गर्ने सरकार भएकाले निर्णय कार्यान्वय गर्न लागेको र अव उपरान्त कुनैपनि पत्रकारले मिडिया हाउसमा बगाएको पसिनाको वदलामा रुँदै बाहिरिन नर्पर्ने बताउँनु भएको छ । त्यस्तै मन्त्री बाँस्कोटाले मिडिया मालिकहरुले वर्षभरिमा कति कमाउनु भएको छ । कर तिर्नु भएको छ कि छैन सरकारले खोजेको छैन भन्दै खोज्ने मनसाय पनि नरहेको टिप्पणी गर्दै सञ्चार सम्बन्धी चार/पाँच वटा कानून आउन लागेको बताउँदै त्यसले सम्पूर्ण सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने बताउनुभयो ।

साथै उहाँले पत्रकारिता क्षेत्रसँग कुनै सम्बन्ध नभएका तथा अरु नै पेशा व्यवसायमा रहेकाले समेत प्रेसपास लिने अवस्थाले पत्रकारिता क्षेत्रको मर्यादा खस्केको बताउँदै उहाँले प्रेस पास लिने प्रक्रियामा सञ्चारकर्मीले सूचना विभागलाई तलबको बैंँक विवरण पेश गर्नुपर्ने गरी सरकारले गरेको निर्णय कार्यान्वयन हुन्छ, यस विषयमा कसैसँग वार्ता नहुँने बताउँनु भएको छ ।

कार्यक्रममा कार्यक्रममा महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहाल ,जन्मदेव जैसी ,प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ्ग तथा अनलाईन पत्रकार संघका अध्यक्ष सिव सत्याल लगायतले मिडिया मालिकहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न आनाकानी गरेको भएता पनि त्यसलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउँदै आफुले गरेको परिश्रमको कुनैपनि अवस्थामा उचित मूल्य पाउनुपर्ने भन्दै पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार आफ्ना निर्णयबाट पछि हट्न नहुने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु