मङ्लबार, बैशाख ११, २०८१

स्वास्थ्य सेवा तत्काल सुचारु गर्न सम्बन्धित निकायबाट पहल नहुनु दुःखद् :आयोग

काठमाडौ चैत २६ ,राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्यजस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारीवोध गरी पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि तथा अस्पष्टतालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न सरकारी चिकित्सक सङ्घ (गोदान) र नेपाल सरकारलाई आग्रह गरिएको छ ।

समायोजन गर्दा सबैलाई सङ्घीय सरकारमातहत राख्न माग गर्दै चिकित्सकले जारी राखेको आन्दोलनका कारण अस्पतालमा सेवा प्रवाह हुन नसक्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील हुँदै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गर्दै आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य सेवाजस्तो अत्यावश्यक सेवा पाँच दिनदेखि ठप्प हुँदासमेत सम्बन्धित निकायबाट सञ्चालन गर्न पहल नहुनु दुःखद् स्थिति भएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरिँदा आम नागरिकको स्वास्थ्य अधिकार हनन् हुन गएको अवस्थाप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।