शुक्रबार, बैशाख १४, २०८१

राप्रपाको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति कांग्रेसको आपत्ति

काठमाडौं, चैत २६,  नेपाली कांँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीद्दारा सोमवार राजधानीमा गरेको प्रदर्शनको क्रममा भएको प्रहरी हस्तक्षेप प्रति आपत्ति प्रकट गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागीलाइ मात्र नभएर सडकमा आवत–जावत गर्ने सर्वसाधारणलाईसमेत प्रहरीले लाठीचार्ज गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै स्वतन्त्र र शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक, अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै घटनाको भर्त्सना गरेका छन् ।

त्यस्तै विज्ञप्त्मिा कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ । तर, कसैको स्वतन्त्रतामाथि अंकुश लगाउने कार्यप्रति काँग्रेसले सदैव विरोध गर्दछ भन्दै प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको काँग्रेस संसदीय दलको तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।