शुक्रबार, बैशाख १४, २०८१

बैंकिङ कसुर अभियोगमा राष्ट्रवादी मोर्चाका अध्यक्ष नेपाल पक्राउ

काठमाडौं बैशाख १०,  बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ । उनलाई मंगलबार दिउँसो प्रहरीले नरेशकुमार न्यौपानेको जाहेरीका आधारमा निजी निवासबाट पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार नेपालले न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएका थिए । सो चेक बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले नेपाललाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।