मङ्लबार, बैशाख ४, २०८१

अस्थायी शिक्षक केन्द्रीय सर्घष समितिले बैशाख १३ मा विशाल जुलुस सहित शक्ति प्रदर्शन गर्ने

काठमाडौं बैशाख १०,  अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति पुन आन्दोलित भएका छन ।  समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो

पत्रकार सम्मेलनमा समितिले पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गर्दैगर्दा राजयले नजर अन्दाज गरेको आरोप लगाउँदै लामो समययतादेखि भद्रकालीको धर्ना कार्यक्रम यथावत रहेको जनाउँदै  बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम तय भएको बताएका छन ।

त्यस्तै आन्दोलनका कार्यक्रम अन्र्तगत बैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र
त्यसपछिका थप आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्ने जानकारी दिएका छन।’

त्यस्तै समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राज्यको अदुरदर्शीताका कारण विगत लामो समयदेखि देशमा तीसौं हजार शिक्षकहरु अस्थायी रुपमा काम गर्न बाध्य हुँदै आएको र सोही कालण्डदेखि उनीहरु आफ्नो पेशागत स्थायीहरुको माग राखी आन्दोलन गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भएतापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक रहेका कारण १३ हजारभन्दा बढि शिक्षकहरु छनौटमा पर्न नसकेको पनि जगजाहेर छ । जो अहिले आन्दोलनरत छन् ।’

शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । समितिले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘हिजो योग्यता र क्षमता मापनका सबै प्रणाली उत्तीर्ण भएर नियुक्त गरिएका अस्थायी शिक्षकहरुलाई आज ३ घण्टे परीक्षामा नाम निस्केन भनेर फालिनु किमार्थ न्यायसँगत हुँदैन् भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा सरकारले शिक्षा ऐनको नवौं संशोधनको दफा ११ (च) लाई आफूअनुकुल व्याख्या गरी जबरजस्ती अस्थायी शिक्षकहरुलाई विस्थापित् गर्ने कुनियत बोकेकोले आफूहरु बाध्य भएर आन्दोलनमा होमिनु परेको उल्लेख गरिएको छ । साथै पत्रकार सम्मेलनमा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले अदालतको संवैधानिक ईजलाशमा विचाराधिन मुद्दा रहँदारहँदै शिक्षक सेवा आयोगले जबरजस्ती आन्तरिक परीक्षा गराएर अदालतको समेत अवेज्ञा गरेको आरोप लगाए समेत लगाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।