शुक्रबार, बैशाख १४, २०८१

आत्महत्याको कारक बनेको भन्दै नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौं चैत २८ ,  इन्टरनेटमा खेलिने दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनको  सस्करण  पब्जी  अनलाइन  खेलमा पछिल्लो समय युवापुस्ता पब्जी खेलमा रमाउँदै गर्दा आत्महत्यासम्मको घटनाले बढावा पाएको भन्दै सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।

भारतलगायत विश्वका कतिपय मुलुकमा पब्जीकै कारण युवाहरुको मृत्यु समेत भएको भउको जनाउ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउन निर्देशन दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

  त्यस्तै समाचारमा    प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि  गर्दै  पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिएको उल्लेख रहेको छ । त्यस्तै अव उपरान्त कुनै पनि इन्टरनेट सेवाप्रदायक कम्पनीले खेललाई सहयोग गरेको पाइएमा दूरसञ्चार ऐनबमोजिम कारवाही हुँने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।