बुधबार, बैशाख १२, २०८१

सभापति देउवाद्वारा पूर्वसांसद भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडौ चैत २८,  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुल्मी काङ्ग्रेसका पूर्वसभापति, पूर्वसांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि रूद्रमणि भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्ति जारी गर्दै स्व भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

शोेक विज्ञप्तिमा सभापति देउवाले आज बिहान भएको जीप दुर्घटनाको खवरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

यसैवीच काङ्ग्रेस संसदीय दलको कार्यालयले पनि पूर्वसांसद शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत स्व भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।