शुक्रबार, बैशाख ७, २०८१

म.प बैठक: सरकारद्दारा क्षेत्रीय प्रशासन कार्यालय खारेज , चिकित्सकलाई काममा फर्कन आग्रह

काठमाडौ चैत २८,  गत चैत २१ २५ गते बसेको मन्त्रीपरिषद वैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्न आयोजित पत्रकार सम्मेलनमा वोल्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटले चिकित्सकको जारी हडतालमा मान्य हुन नसक्ने बताउनुभएको छ ।  साथै उहाँले समायोजनको क्रममा देखिएको समस्यालाई सरकारले सम्बोधन गर्ने अवगत गराउँदै चिकित्सकलाई काममा फर्कन आग्रह गर्नुभएको छ ।  त्यस्तै बैठकको निर्णय सार्वजनिक गर्दै उहँले सरकारले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायल स्थित क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता बाँस्कोटाले खारेज गरिएका क्षेत्रीय प्रशासन कार्यालयका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले १५ बुँदे निर्णय सार्वजनिक गर्ने क्रममा बेल्ट एण्ड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेशन कोअपरेशन मेकानिज्मको संस्थापक सदस्यका रुपमा नेपाल आबद्ध हुने र यससम्बन्धी समझारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न आन्तरिक राजश्व विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्नुको अलावा निजी क्षेत्रको नेतृत्वमा मिनी ग्रिड ऊर्जा पहुँच परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ऋण सहायता दुई मिलियन अमेरिकी डलर र अनुदान सहायता ५.६१ मिलियन डलर गरी जम्मा ७.६१ मिलयन डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

 

मन्त्रिपरिषद्ले प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयमा समेत बिदा दिने निर्णय गरेको जानकारी दिदै काठमाडौ उपत्यकाका हकमा भने गृह मन्त्रालयले निर्णय गरे विदा कायम हुँने बताउँनु भएको छ ।  साथै मन्त्रिपरिषद्ले निषेधित क्षेत्रसम्बन्धी संशोधन सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिदै सडक सुुरक्षासम्बन्धी विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिइएको बताए ।

त्यस्तै उहाँले बारा र पर्सामा हावाहुरीबाट प्रभावितको पुनःस्थापना तथा घर पुनःनिर्माण कार्यका लागि प्रदेश नं २ का प्रमुख सचिवको संयोजकत्वमा शहरी विकास कार्यालयअन्तर्गत जनता आवास कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाका प्रतिनिधि, बारा र पर्साका प्रजिअसहितको पाँच सदस्यीय पुनःस्थापना तथा घर पुनःनिर्माण सहजीकरण र समन्वय समिति गठन गर्ने निर्णय गरिएको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु