शुक्रबार, बैशाख १४, २०८१

अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको प्रस्तावित योजना अघि बढाउन प्रम ओलीको निर्देशन

 बारा पर्साका हावाहुरी प्रभावितलाई महानगरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौ चैत २७, काठमाडौ महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रु ४० लाख ३१ हजार जम्मा गर्न  कामपाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई रकम हस्तान्तरण गरेको हो ।  महानगरकोतर्फबाट २५ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि तथा कर्मचारीकोतर्फबाट १ दिनको पारिश्रमिकबाट संकलन गरिएको हो ।

त्सस अवसर महानगर प्रमुख शाक्यले प्रधानमन्त्री ओलीलाइ अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको प्रस्तावित योजना संगै कामपाले गर्दै गरेको कामकारावीको जानकारी गराउँनु भएको थियो ।

बारा र पर्साका हावाहुरी पीडितलाई रु २५ लाख सहयोग गर्ने निर्णय गरेअनुरुपको रकम बुझ्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको प्रस्तावित योजनाप्रति सकारात्मक हुँदै काम अघि बढाउन निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।