मङ्लबार, बैशाख ११, २०८१

नगरपालिकाका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्धा दायर

काठमाडौ चैत २७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ढलान गर्ने क्रममा कमसल निर्माण समाग्रीको प्रयोग गरी रकम हिनामिना गर्ने बरहथवा नगरपालिकाका प्राविधिकसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा आथिर्क अनियमिताको आरोप सहित आज बरहथवा नगरपालिकाका प्राविधिक इन्जिनियर सञ्जीवन यादव, प्राविधिक सव इन्जिनियर अनिलकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष नेपाल साह, सचिव प्रमोदकुमार राय र कोषाध्यक्ष कलापती कुमारी देवीविरुद्ध जनही ४ लाख ६३ हजार ९९० रुपैयाँ ६२ रकम बिगो माग गर्दै आरोप पत्र दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले कुल ३७४ मिटर लम्बाइ र १२ फिट चौडाईको बाटो ढलान गर्नका लागि रु २७ लाख रकम विनियोजन भएकामा उनीहरुले मिलेमतोमा मापदण्ड विपरीत आठ फिट र १० फिट कमसल निर्माण सामग्रीको प्रयोग गरी ढलान गरी झुठ्ठा बिल भरपाई बनाई भुक्तानी लिदै सरकारी रकम हिनामिना गरेको जनाएको छ ।

यसैवीच आयोगको अर्को विज्ञप्तिमा सेवाग्राहीसंग २६ हजार घुस घुस लिने नापी कार्यालय, सप्तरीअन्तर्गत नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत १ नम्बर नापी टोली प्रमुख, सर्वेक्षक उमाकान्त यादव र ज्यालादारी जन्जिरदार पदमा कार्यरत पिन्टु कुमार यादव विरुद्ध पनि मुद्धा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।