शुक्रबार, बैशाख १४, २०८१

बार निर्वाचन केन्द्रीत बहस : न्यायालयमा मौलाउँदै गरेको श्रृखलागत भ्रष्टाचार नियन्त्रणमा जोड

काठमाडौ चैत ४ , आगामी चैत १६ गते हुन गइरहेको नेपाल बार एशोसिशनको निर्वाचनलाइ लक्षित गर्दै नेपाल सञ्चार केन्द्रद्दारा राजधानीमा आयोजित बारको निर्वाचन र अबका मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो मुख्य एजेन्दा भएको बताएका छन् ।

अन्तरक्रियामा बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिलबहादुर पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने धारणा अभिव्यक्त गर्नु भएको छ ।

त्यस्तै प्रगतिशी, पेशागत तथा समावेशी कानून व्यवसायी समूहतर्फ बाट अध्यक्ष पदका उम्मेदवार रहेका चण्डेश्वर श्रेष्ठले न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो काम हुने जनाउ दिदै पछिल्लो समय न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको बताउँनु भएको छ । यहाँसम्मकी न्यायाधीशको नियुक्ति र कार्यसम्पदानमा नै भ्रष्टाचारको तहगत अवस्था रहेको उहाँको अभिमत रहेको थियो ।

त्यस्तैगरि मुलुक र समाज परिवर्तनको लागि महत्वपूर्ण  भूमिका निर्वाह गर्दै आइरहेका नेपाल वारलाइ भविष्यामा थप प्रभावकारी बनाउनु आफ्नो  एजेन्दा रहेको प्रगतिशील समूहका तर्फबाट महासचिवको उम्मेदवार रहेका सुरेन्द्रबहादुर थापाले बताउँदै गर्दा लोकतान्त्रिक समूहको नेतृत्व गर्दै महासचिव पदमा आफ्नो उम्मेदारी दिएका  लिलामणि पौडेलले न्यायालयभित्र मौलाउँदै गरेको श्रृखलागत  भ्रष्टाचारलाई रोक्न आफू प्रतिबद्ध रहेको बताउँदै न्यायाधीशलाई गोलाप्रथाबाट पेसी तोक्ने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।