शुक्रबार, बैशाख १४, २०८१

सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतबीच ११ बुँदे सहमति

सहमति प्रति गौतम श्रेष्ठको आपत्ति

काठमाडौ फागुन २४, स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । प्रस्तुत सहमति अनुसार सिके राउत अव खुला राजनीतिमा आउने भएको छ ।

यस्तो छ सहमति :

विहिवार उनि विरुद्धको मुद्धाको सुनवाइ गर्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निजमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण केही फेला नपरेको र बेरितपूर्वक थुनामा राखिएको भन्दै राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्न आदेश  जारी गरेको भोलीपल्ट राजधानीमा आयोजित एक कार्यक्रमका वीच सरकार र गठबन्धनवीच सहमति भएको घोषणा गरिएको थियो ।

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड लगायतका नेकपाका उल्लेख्य नेतागणको उपस्थितीमा भएको उक्त घोषणा सभामा
गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेको सहमति सार्वजनिक गरिएके हो । सार्वजनिक सहमति अनुसार राउत पक्षले पृथकतावादी अभियान परित्याग गर्दै नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता अभिव्यक्त गरेका छन । त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने प्रतिवद्धता सहित प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने बसरादागत सहमति रहेका छन ।

यसैवीच सरकारले सीके राउतसँग गरेको सहमतिलाइ लिएर नेपाल कम्युनिष्ट पार्टी भित्र तीब्र विवाद देखिएको छ । नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा नेताद्वयले पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गर्छौं’ भन्ने भाषा प्रयोग गरि गरिएको भन्दै आपत्ति जनाएका हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।