मङ्लबार, बैशाख ११, २०८१

निर्मला हत्या प्रकरण: प्रमाण लोप गर्ने तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक विष्टसहित आठविरुद्ध मुद्दा दायर

कञ्चनपुर फागुन २४,   गत साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा भेटिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको मुद्धा प्रकरणमा प्रमाण नष्ट गर्ने तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ ।

यसरी प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा दायर गरेका व्यक्तिहरुमा प्रनि जगदीश भट्ट, प्रनानि रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउद र यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रनाउ ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रनाउ अङ्गुर जिसी र प्रनि एकेन्द्र खड्का रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा मुद्धा दायर गरिएको प्राप्त समाचारमा उलेख गरिएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।