शुक्रबार, बैशाख १४, २०८१

जनसरोकार विषयक पत्रकारिता तालिम

काठमाडौं चैत १७,  नेपाल पत्रकार महासंघको आयोजनामा आजबाट दुईदिने जनसरोकारको विषयमा रिपोर्टिङसम्बन्धी पत्रकारिता तालिमको आयोजना गरेको छ  ।
तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले सहभागीहरुलाई शुभकामना दिँदै सत्यतथ्य सूचनामा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउँदै महासंघले देशभरिका पत्रकार लक्षित तालिम तथा प्रशिक्षण कार्यक्रमको खाका बनाउँदै गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले प्रदेश समिति तथा शाखाहरुले सिफारिस गरेका पत्रकारहरुलाई तालिममा सहभागी गराइएको जानकारी दिनुभयो ।
तालिमका प्रशिक्षक मोहन मैनालीले पत्रकारहरुका लागि जनसरोकारका विषयमा अन्त्यन्तै न्यून तालिम हुनेगरेको भन्दै महासंघले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि सरकार तथा महासंघले यस्ताखाले तालिमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । विभिन्न सञ्चारमाध्यममा कार्यरत पच्चीभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।