शुक्रबार, बैशाख १४, २०८१

आर्कब्रिजको निर्माणसंगै फेरिदै काठमाडौंको मुहार

काठमाडौं चैत १५ , काठमाडौंको बिजुलीबजार धोबिखोला र तीनकुनेस्थित बाग्मती नदीमा बन्दै गरेको आर्कब्रिज । जेई कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा पाएको निर्माणाधीन यी दुई आर्कब्रिज मध्ये एकको निर्माण कार्य सकिसकेको र अर्कोको  पनि  निर्माण कार्यारम्भ गरिएको कन्ट्रक्सनका फिल्ड कोअर्डिनेटर ललितध्वज खड्काले जानकारी दिनु भएको छ ।  

फिल्ड कोअर्डिनेटर  खड्का अनुसार  निर्धारित समयभित्रै  दुवै आर्कब्रिजको निर्माण गरि आयोजनालाइ हस्तान्तरण  गर्ने तयारी  कन्ट्रक्सनको रहेको  बताए ।   आर्कब्रिजको निर्माणसंगै त्यस क्षेत्रमा हुने गरेको पत्यार लाग्दो सवारी जामको तनावबाट समेत राहत मिलेको स्थानीय राजु पोखरेलले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।