शुक्रबार, बैशाख ७, २०८१

एसइई परीक्षा प्रश्नपत्र आउट प्रकरणको सिआइवीले अनुसन्धान गर्ने

काठमाडौ चैत १५,  परीक्षा अगावै प्रश्न पत्र वाहिरिनु चरम लापरवाही भएको ठहर सहित शिक्षामन्त्रालयले छानबिनका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी) लाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

एसइई परीक्षाको बिहीबार प्रदेश नं.२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको परीक्षा अगावै सार्वजनिक भएसंगै आज मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र परक्षिा अगावै बाहिरिएपछि परीक्षा रद्द गरेको थियो भने बिहीबार पनि विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षापूर्व नै बाहिरिएपछि प्रदेश भरिकै परीक्षा रद्द गरिएको थियो ।

त्यस्तै अव उपरान्त शनिबार हुने अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड÷ फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षाको प्रश्नपत्रको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728