मङ्लबार, चैत्र ६, २०८०

चिलीमे टावर निर्माण कार्यलाइ रोक्न स्थानीयले वडा समिति गुहारे

विकास संगै मौलाउँने विनासलाइ नजर अन्दाज नर्गन आग्रह 

काठमाडौं माघ २२ , काठमाडौं महानगरपालिका वडा न. ४ स्थित प्रेम वस्ती टोल सुधार समितिले स्थानीय क्षेत्रको पश्चिमतर्फ चिलीमे जलबिद्यूत कम्पनी लिमिटेडले कम्पनीको कार्यालय प्रयोजनको लागि चिलिमे टावर निर्माण गर्ने प्रकृया थालनी गरेमा  ६बुँदे आधार सहित विमति प्रकट गरेका छन ।

स्थानीय आवाश क्षेत्रमा बिगत ३ दशक देखी बसोबास गर्दै आएका बासिन्दाहरुको संगठीत समुह प्रेम बस्ती टोलसुधार समिति परिवारको तर्फबाट सामुहिक रुपमा कम्पनीको तर्फबाट चिलिमे टावर निर्माणको लागि आवश्यक अध्यन अनुसन्धान सहितको कार्यारम्भ भएको र यसबाट स्थानीय क्षेत्र यहाँको स्थानी जनजीवनमा नकारात्मक असर पर्ने भन्दै समितिले प्रस्तावित टावर निर्माणको कार्य नर्गन नगराउँन माग गर्दै सरोकारवाला निकाय कामपा वडा न ४ को कार्यालमा ध्यानाकर्षण सहितको माग पत्र बुझाएका छन ।

त्यस्तै समितिको तर्फबाट उठान गरिएको जिकिर दावीमा चिलिमे टावरनिर्माणको क्रममा निर्मांण गरिने २ तल्लाको बेसमेन्ट सहित ९ तल्लाको भबन निर्माण गर्दा जोखिमको अवस्था रहेका कारण यस स्थानमा प्रस्तुत टावर निर्माणको लागि मिार्थ उपयुक्त नभएको उल्लेख गरिएको छ ।

त्यस्तैगरि बुढानिलकण्ठ वरपरको एरिया देखी गूल्फटार हुदै मण्डीखाटार सम्मको बर्षाको पानी तथा त्यस क्षत्रेको निकास जाने खहरे खोलाको किनारामा पर्ने सिम जग्गा हुनुको अलावा आवाशिय घरहरु रहेको अबस्था विद्यमान रहेको उल्लेख गरिएको छ । साथै यस्तो क्षेत्रमा २ तल्ले बसमेन्ट अन्डर ग्राउण्ड बनाउदा त्यस क्षेत्र वरपरका जग्गाहरु स्वभाबत अग्लो ठाउबाट होचो ठाउमा आकासबाट परेको पानि र माटो समेत बग्ने हुदा भुक्षय हुने तथा भुधरातल भासिने र हामी टोलबासी सधिराहरुको घर कम्पाण्ड समेत खस्ने, चकर्ने सक्ने प्रबल सम्भाबना औल्याइएको छ । त्यस्तैगरि यस्तै प्रकृतिको भवन बनाउँने क्रममा आक्मा होटल निर्मांणको क्रममा उक्त जग्गाको सधियार लक्ष्मणराज भडेलको घरपर्खाल भत्किदै भएको क्षति त्यस्तैगरि महाराजगन्ज स्थित अमेरिकन राजदुताबसको भवन निमार्ण गर्ने क्रममा सो भबनको वरपरमात्र नभइ सयौ फिट सम्मको घरहरु चर्किएका अवस्थालाइ कुनैपनि अर्थमा नजर अन्दाज गर्न नमिल्ने जिकिर गर्दै कम्पनीको टावर निर्माण गर्न नहुँने उल्लेख गर्दै संभावित विकासको नाममा मानव एवम् भौतिक पूर्वाधारको विनासको संभावना लाइ सम्बोधन नर्गन माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।