माघ २१ को विरोध प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन सहित अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियताको अपेक्षा
काठमाडौ माघ २२ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउगरिएका पार्टीका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेस मुख्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्दारा जारी विज्ञप्त्मिा आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न माग गरिएको हो ।
त्यस्तै विज्ञप्त्मिा मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचारका अतिरिक्त संविधान, सङ्घीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीत क्रियाकलापका विरुद्ध सङ्घद्दारा पोखरामा गरिएको प्रदर्शनको क्रममा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रस्तुत घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा आज गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैवीच काङ्ग्रेसले यही माघ २१ गते मुलुकभर गरेको विरोध प्रदर्शनमा स्वतस्फूर्त अपार जनसहभागिता भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । काङ्ग्रेसले आजै एक विज्ञप्तिमार्फत अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियता हुने पार्टीले विश्वास व्यक्त गरेको छ ।
त्यस्तै वर्तमान अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकार हजारौं नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त संसदीय लोकतान्त्रिक, गणतन्त्र र यसका आधारभूत मूल्य र मान्यतालाई क्षत विक्षत बनाउँदै भ्रष्टाचार, महंगी, हत्या, हिंसा र बलात्कार जस्ता गैर कानूनी र अपराधिक घटनाको मतियार बनेको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको सर्वोच्च निकाय संसदमा संसदीय पद्धति र प्रचलन विपरीत एकदलीय शैलीमा प्रतिपक्षीलाई निषेध गर्दै हैकमवादी शैलीमा संसद संचालन गर्ने, प्रधानमन्त्री स्वयंको अग्रसरतामा गरिएको सम्झौता विपरीत संसदलाई ढाँटेर चिकित्सा शिक्षा विधेयक विवादास्पद र जवर्जस्ती तरिकाले पारित गर्ने, चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राखी शान्तिपूर्ण सत्याग्रहमा रहेका डा। गोविन्द के।सी।को माग र जीवन रक्षाप्रति मन्त्रि स्वयंबाट विल्कूलै अनुत्तरदायी र गैर जिम्मेवार अभिव्यक्ति र व्यवहार गरिनु, मुलुकको ऐतिहासिक परिवर्तनका धरोहर स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्ने प्रपञ्च गर्नु, संवैधानिक परिषद्मा विपक्षी दलको नेतालाई छलेर संवैधानिक आयोगमा मनपरी नियुक्ति गर्नु, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याका दोषीलाई संरक्षण गरी निर्दोष व्यक्तिलाई चरम यातना दिई जवर्जस्ती अपराध कबुल गराउने दुष्प्रयास गर्ने जस्ता अत्यन्त क्रूर र निन्दनीय घटनाहरुमा वर्तमान सरकार स्वयं संलग्न र साझेदारी रहेको प्रष्ट भएको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- बाग्लुङमा बस दुर्घटनाप्रति राष्ट्रिय सभा सदस्य रोकायद्वारा दु:ख व्यक्त
- यात्रुवाहक बस दर्घटना, सातको मृत्यु ,उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रम प्रचण्डको निर्देशन
- सुन तस्करी प्रकरण: पूर्वसभामुख महरालाइ ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- भूकम्पले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण
- मधेश प्रदेश: कांग्रेसका मन्त्रीत्रयको बर्खास्तीसंगै सरकारमा एमाले सहभागी
- जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड
- आसन्न उपनिर्वाचनको लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता
- चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित
- चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गर्ने तामाङ प्रहरीको फन्दामा
- प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण]
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान