आइतवार, बैशाख १६, २०८१

बालाजु वाइपासमा टिपरको ठक्करबाट श्रीमान ठहरै, श्रीमती घाइते

काठमाडौ पुस १३,  आज बिहान ६ बजेतिर ना७ख ७००५ नंको टिपरको ठक्करबाबाट ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालाजु बाइपास क्षेत्रमा भएको प्रस्तुत दुर्घटनाका सवालमा प्रहरीले दिएको जानकारी अनुसार माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा वगिचै चिया बेच्दै आएक विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएको र निजको उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पतालमा विसङ्खेको मृत्यु भएको जनाएको छ ।

घाइते विसङ्खेको श्रीमतीको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिदै कारवाही प्रक्रिया शुरु गरिसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।