शनिबार, बैशाख ८, २०८१

५ सहसचिवलाइ राजदूत नियुक्तिका लागि सिफारिश , ३ देशका राजदुतलाइ फिर्ता वोलायो

  • ३०० वटा विद्युतीय बस खरीद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय
  •  विभिन्न कार्यविधि स्वीकृत

काठमाडौ पुस १२,  गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा परराष्ट्र मन्त्रालयका पाँच सहसचिव क्रमस गणेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराई,भृगु ढुङ्गाना,दीपक अधिकारी र दुर्गाप्रसाद भण्डारीलाइ राजदुत नियुक्तिका लागि सरकारले सिफारिश गरेको जानकारी दिनुभएको छ ।

सरकार प्रवक्ता समेत रहेका मन्त्री वास्कोटाका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई थाइल्याण्डकालागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूतमा त्यस्तै अर्का सहसचिव भट्टराईलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय र इटालीका लागि गैरआवासीय नेपाली राजदूतमा त्यस्तै गरि ढुङ्गानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि ,अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा र भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले दक्षिण कोरिया, स्पेन र बङ्गलादेशका लागि नेपाली राजदूत क्रमशः अर्जुन जङ्गबहादुर सिंह, भरतबहादुर रायमाझी र प्राडा चोपलाल भुसाललाई तीन हप्ताको तयारी म्याद दिइ फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिदै नेपाल र संयुक्तराज्य अमेरिकाबीच पर्यटक प्रवेशाज्ञा पारस्पारिकतासम्बन्धी प्रस्तावलाई समेत सरकारले स्वीकृत गरेको जानकारी दिदैको अलावा चन्द्रगढी विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि थप जग्गा प्राप्त गर्ने प्रस्ताव र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि पहिलो संशोधन नियमावली, २०७५ स्वीकृत गरिएको बताउँनु भएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिदै
वैदेशिक रोजगार ऐन सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको जानकारी दिनु भएको छ । त्यस्तैगरि उहाँले सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरीद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको जानकारी दिदै सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी अवधारणापत्र र जोखिमयुक्त बस्ती स्थान्तरण तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ र जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ स्वीकृत गरेको छ बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।