शुक्रबार, बैशाख १४, २०८१

सोमबार नार्गाजुन र चाँगुनारायणमा सार्वजनिक बिदा

 काठमाडौं मंसिर २ नार्गाजुन नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको जनाएको छ ।

नगरपालिका क्षेत्रमा रहेको इचङगु नारायण स्थानमा एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको घोषणा गरेको नगर प्रमुख मोहनबहादुर बस्नेतले जनाएको बताउँनु भएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिमा पनि सोमवार सार्वजनिक विदा घोषणा गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा सोमवारका दिन लाग्ने मेलालाइ दृष्टिगत गर्दै ठूलो एकादशीका दिन विदा घोषणा गरिएको  हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।