शनिबार, बैशाख ८, २०८१

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन , नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं मंसिर २, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो लगत बुझाउँदै भूकम्पपीडित अनुदान लिने लाभग्रहीहरुको सवालमा परेको उजुरीलाइ दृष्टिगत गर्दै आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिदे अन्यथा अनुदान लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी दिएको छ ।

त्यस्तै प्राधिकरणले गत भाद्र २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिने लाभग्राहीबाट रकम फिर्ता गराउने निर्णय गरे अनुरुप झुठा लाभग्राहीबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढि सकेको त्यस्तै जनाउँदै भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका वा एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएका लाभग्राहीबाट समेत रकम फिर्ता गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।