बुधबार, बैशाख १२, २०८१

काँग्रेस भित्र गुटउपगुटको चरित्र छताछुल्ल , नेविसंघको विवाद टुंगो लाग्नेमा आशंका

काठमाडौं मंसिर २ ,नेविसंघ विवाद लगायतका दुई तिहाई बहुमतको सरकारलाई चुनौती दिन प्रतिपक्षी दलको भूमिकाकालागि नितिगत मार्ग तग गर्न भन्दै शनिवार वोलाईएको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको विवाद सल्ट्याउँनु कता हो कता बैठक बस्नै नसकेपछि काँग्रेस भित्रको गुटउपगुटको चरित्र छताछुल्ल भएको छ ।

शनिवार उमेरहद सहितको संघको विधान पारित गराउँने तयारी विरुद्ध आवाज बुलन्द गर्दै आइरहेका समूहको नाराबाजी सहितको प्रदर्शनका कारण सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहका नेताको छुट्टाछुट्टै बैठक बसेपनि केन्द्रीय समितिको पूर्ण बैठक भने बस्न नसकेको हो ।  स्मरण होस गत असोज २१ को काँग्रेस बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव सहितको  अवधारणा प्रस्तुत गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहले उमेरहदको प्रस्तावमा फरकमत जाहेर गरेका थिए ।

यसैवीच आज बस्ने बैठकले संघमा जारी विवादको सम्बोधन गर्ने बताईएको छ । सम्वद्ध स्रोतका अनुसार आजको बैठकले संघमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे नितिगत निर्णय गर्ने मानसिकता नेतृत्वले बनाएको बुझिएको छ । यद्यपी यस विषयमा अझै आशंका रहेको नेताहरुले बताएका छन । त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज दिउँसो २ बजे बस्ने बैठकमा नेवि संघको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा।प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा प्रस्तुत गर्ने लिएर आउने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।