शनिबार, बैशाख १५, २०८१

महासमिति बैठकको तयारीका लागि काँग्रेस केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौ कात्तिक १८, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २० गतेको लागि बोलाएको छ।

कात्तिक २० गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुल्यालयमा बैठक बस्ने जनाउ सहित आज जारी प्रेस विज्ञप्तिमा केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

बैठकमा मंसिर पहिलो साता हुने महासमिति बैठकको तयारी, पार्टीको संघीय विधान तथा नेविसंघको विधानबारे छलफल हुने बताइएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।