शुक्रबार, चैत्र १६, २०८०

निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउँन राज्य उदासिन भएको आरोप, न्यायको लागि आन्दोलनको घोषणा

काठमाडौ कात्तिक १८, कञ्चरपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलाकात्कारपछि भएको हत्याकाण्डका अपराधी पत्ता लगाउँन राज्यले उदासिनता देखाएको भन्दै पन्तका परिवाले  आन्दोलनको घोषणा गरेका छन्  ।

निर्मला हत्या काण्डको छानविनको नाममा विभिन्न समिति बने पनि हत्याराको पहिचान गर्न नसकेको र आफ्नी छोरीको हत्या भएको पनि एक सय दिन नाघिसकेको भन्दै उनका परिवाले   आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कात्तिक २५ गतेसम्म पनि अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएकोहो ।

त्यस्तै प्राप्त समाचारमा पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने अनेकन आश्वासन दिएपनि कुनै तदारुकता नदेखाएको भन्दै आफ्नी छारीको हत्यारा तत्काल सार्वजनिक गर्दै न्याय पाउँन आज बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको जनाउ दिएको उल्लेख गरिएको छ ।

स्मरण रहोस , हत्याकाण्डको छानबीनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई राज्यले सेवाबाट बर्खास्त गरेपनि निर्मलाको हत्यारा को भन्ने भेउ सार्वजनिक गर्न र कारवाही प्रक्रिया सुरु गर्न राज्यले नगरेकोमा आक्रोस  दिनानुदिन बढ्दो रहेको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राज्यले २५ गते उपरान्त पनि हत्यारा पत्ता न्याय नदिए आन्दोलनका कार्यक्रम अन्र्तगत धर्ना आमरण अनशन बस्ने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।