शुक्रबार, बैशाख १४, २०८१

बजारमा एकसयको नक्कली नोट फेला परेको दावी

विष्णु विष्ट / काठमाडौँ कात्तिक २०,   नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसर पारेर नक्कली नोटका कारोवारीहरु सल्बलाएका छन ।

तिहारको हुलमुल बजारमा सहजै सतही गर्न लक्ष्य अनुरुप ति कारोवारीहरु सल्बलाएको सहजै वोध गर्न सकिन्छ । यसैक्रममा आज राजधानीको बजारमा रु एकसयको नक्कली नोट फेला परेको बताईएको छ।

नोट विज्ञहरुका अनुसार फेला परेको नोट शतप्रतिशत नक्कली भएको दावी गरिएपनि यस सम्बन्धमा सरोकारवाला निकाय मार्फत बुझ्ने हाम्रो प्रयास जारी रहेको छ ।  सक्कली नोटको क्रमाङसंग मेल खाने ऐ ५ २४५१९४ क्रमाङको प्रस्तुत नोट हेर्दैमा पनि खस्रो र  कलरको रहेको नोट विज्ञहरुले बताएका छन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।