मङ्लबार, बैशाख ११, २०८१

आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइदै

काठमाडौँ कात्तिक २०,  आज यमपञ्चकको दोस्रा दिन घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।  यसैवीच आज बिहानै मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास सहित नरक चतुर्दशीमा दिप जनाउँने प्रचलन समेत रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।