बिहिबार, बैशाख १३, २०८१

नेपाल संवतको अवसरमा आयोजना हुने सम्पूर्ण कार्यक्रम स्थगित

 काठमाडौ कार्तिक २०, आगामी कार्तिक २२ गते म्हपूजाका दिन मनाइने नेपाल संवत नेपाल संवत् ११३९का लागि प्रस्तावित सम्पूर्ण कार्यक्रम यस पटक नहुने भएको छ ।

आज बसेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले नेपाल भाषा आन्दोलन संग प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्व  एवम मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको असामयिक निधनसंगै उहाँको सम्मानमा श्रद्धाञ्जली समर्पण गर्दै सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्थगित कार्यक्रमहरू दिवङ्गत तुलाधरको १३ दिने पूण्यतिथि पछि अनुकूलता अनुरुप आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।