शनिबार, बैशाख १५, २०८१

आज यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी काग तिहार मनाइँदै

काठमाडौं कात्तिक १९, आज कात्तिक कृष्ण त्रयोदशी अर्थात नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार पर्व मनाइँदैछ ।

आज देखि पाँच दिनसम्म अर्थात कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

आज काग तिहार, चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३९ र म्हपूजा एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने गरिन्छ ।

यसैवीच आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको स्मृतिमा सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि समेत जयन्ती मनाइँदैछ भने सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विस्वास सहित धनतेरस पर्व अन्र्तगत सुन चाँदीको गहना किन्ने हरुको लर्को समेत बजारमा देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।