शनिबार, बैशाख १५, २०८१

काँग्रेस महासमिति बैठकका लागि उपत्यका स्तरीय विभिन्न उपसमिति गठन

 काठमाडौं कार्तिक १३ ,  नेपाली काङ्ग्रेसले आसन्न पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

काँग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएअनुरुप काठमाडौं काँग्रेसका सभापति एवम् महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक सबुज बानियाँकोको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको हो ।

गठित समितिमा क्रमस आर्थिक व्यवस्थापनका लागि काठमाडौं भक्तपुर र ललितपुरका सभापतिले सयुत्तmरुपमा संयोजना गर्ने गरिभक्तपुरका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।