शनिबार, बैशाख ८, २०८१

प्रम ओलीसंग भेटेपछि पूर्वप्रम भट्टराईले ट्विट गर्दै भने- प्रमको स्वास्थ्य तन्दुरूस्त हुँदैछ

 काठमाडौ कार्तिक १३, अचनाक स्वास्थ्य अवस्था विग्रेपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट बसेण्टरमा भर्ना भइ स्वास्थ्यलाभ गरिरहनु भएका प्रधानमन्त्री केपी ओलीसंग आज पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भेटेवार्ता सहित उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको छ ।

डा भट्टराईले प्रमओलीलाई भेटपछि आफ्नो ट्विटर एकाउण्टबाट ट्विट गर्दै ओली हंसमुख देखिएको र ठट्टामजाक पनि गरेको जानकारी दिदै
प्रमओलीको स्वास्थ्य सुधार हुँदै गएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै डा भट्टराईले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधारन्मुख भएको जनाउँदै ट्वीटरमार्फत लेखेका छन् । प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो अलिकति ठट्टामजाक पनि गर्नुभो यसको  अर्थ हामीले लगायौं-वहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! आखिर Laughter is the best medicine जो भनिन्छ! वहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना!
त्यस्तैगरि आजै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्दै सभामुख कृष्णबहादुर महराले लगायतलेपनि स्वास्थ्यलाभको कामना गर्नुभएको छभने उहााको उपचारमा संलग्न  प्राडा अरुण सायमीले पनि प्रम ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्दै भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको बताएका छन । यद्यपी प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने  भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।