शुक्रबार, बैशाख १४, २०८१

आयोगद्दारा प्रसनी श्रेष्ठ सहित विभिन्न निकायमा घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

 काठमाडौं असोज २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध आज मुद्दा दायर गरेको छ । बालुवा ठेकेदारसंग अनेकन बहानामा रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ परेका श्रेष्ठ सहित प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु ५हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको जनाएको छ। छ ।

यसैवीच आयोगले निजी विद्यालयलाई अनुमति दिने नाममान रु १ लाख घुस लिने वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साह ,इप्रका रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादव त्यस्तैगरि नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ ।

निजहरु  क्रमस प्रहरी नायब निरीक्षक यादवले सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको र अमिन मण्डलले जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग नौ हजार घुस लिएको आयोगद्दारा जारी विज्ञप्त्मिा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।