बिहिबार, बैशाख २०, २०८१

सर्वोच्चद्दारा गौचन हत्या काण्डका अभियुक्त बस्नेतको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज

 काठमाडौं असोज २२, सर्वोच्च अदालतले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका गुण्डा नाइके समीर बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको दिएको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज जारी गर्नु भएको आदेशमा सुधीरमानसिंह बस्नेतले समीर बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर रिट खारेज गरिएको उल्लेख गरिएको छ ।

यसअघि ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएका बस्नेतलाई न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको ३ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेअनुरुप आज अदालतमा उपस्थित भएका बस्नेतको रिट निवेदन खारेज गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।