शनिबार, बैशाख २२, २०८१

मुख्यमन्त्री राउतद्दारा झाडा पखालाका कारण आफन्त गुमाएका परिवारलाई , एक-एक लाख राहत दिने घोषणा

  • धर्मेन्द्र कुमार यादव

गौशाला असोज २३,  मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको । झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई निर्देशन समेत दिनुभएको छ ।

स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत त्यसअवसरमा मुख्यमन्त्री राउतले जनाए । साथै उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग गर्न प्रदेश सरकार गर्न तैयार रहेको उहाँको भनाइ रहेको थियो ।

प्रभावित क्षेत्र निरिक्षणको क्रममा मुख्यमन्त्री राउतसंग जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।