शुक्रबार, बैशाख १४, २०८१

आजबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता पुनः शुरु हुँदै

आजको पहिलो खेल मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच हुँदै

 काठमाडौ असोज २४ , गत असोज १३ गतेदेखि विधिवत सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँने भएको छ ।  लिग गेम अन्र्तगतको उद्घाटनसत्रको खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए ��ने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्बल विजयी भएको थियो । तर त्यसपछिका खेल यसवीचमानै बङ्गबन्धु गोल्डकप भएका कारण विभमा स्थगन गरिएको आजबाट श्रु हुन लागेको एन्फाले जनाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अवको खेल तालिका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटोमा आजको पहिलो खेल मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच हुने भएको छ ।

त्यस्तै विहिवार फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच ११ बजे पहिलो खेल दोस्रो खेल अपरान्ह जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच एन्फामै दोस्रो खेल हुने एन्फाले जनाएको छ । त्यस्तै शुक्रवार पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीवीको खेल पछि पहिलो चरणको खेल सकिने जनाउँदै एन्फाले यसवीचमा वडा दशै र दिपावली वर्पका कारण २७ गतेदेखि पुनः एक महिनाका लागि स्थगन गरिने भएको छ ।

त्यस लगत्तै लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख तथा तेस्रो हुनेले रु २५ लाख प्राप्त गर्ने ए डिभिजनका १४ क्लब क्रमस थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता रहेको दोस्रो चरणको खेल अन्र्तगत आगामी मङ्सिर पहिलोसातादेखि पुन खेल आरम्भ गरिने भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।