बुधबार, बैशाख १९, २०८१

आजबाट महाभूकम्पका कारण भग्नावशेषमा रुपान्तरित माजुदेगः पुनःनिर्माणको कार्यारम्भ

रु पाँच करोड ४९ लाख ३५ हजार लागतमा आगामी दुई वर्षभित्र सो मन्दिर पुनःनिर्माण गर्ने लक्ष्य

काठमाडौ कार्तिक १२, राजधानीको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ ।  २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पका कारण भग्नावशेषमा रुपान्तरित भएको उक्त मन्दिर पुनःनिर्माण कार्यको शुभारम्भ काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले क्षमापूजा सहित शुभारम्भ गर्नुभएको हो ।

माजुदेगःको पुनःनिर्माणको ठेक्का जिम्मा कामपा हनुमान ढोका दरबार संरक्षण विकास कार्यक्रम अन्र्तगत सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीले रु पाँच करोड ४९ लाख ३५ हजार लागतमा आगामी दुई वर्षभित्र सो मन्दिर पुनःनिर्माण गर्ने गरि प्राप्त गरेको जनाईएको छ ।

माजुदेगःको पुनःनिर्माण शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले महानगरभित्र धेरै अमूल्य सम्पदा रहेको र यसमध्येपनि माजुदेगः एक महत्वपूर्ण सम्पदा भएको बताउँनु भएको छ । त्यस्तै महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरको नृतृत्वमा सम्पदाको पुनःनिर्माणले गति लिन थालेको जनाउ दिदै अव रानीपोखरीको पुनःनिर्माण कार्यले पुर्न छिटै गति लिने बताउनुभएको छ । कार्यक्रममा वडा न १७ १८ १९ २३ २४ का वडाध्यक्ष ,संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल लगायतका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

स्मरण रहोस माजुदेगः अर्थात सासु देवल विसं १६९०मा राजा भूपालेन्द्र मल्लकी हजुरआमा ऋद्धिलक्ष्मीले बनाउँन लगाएको जनश्रृति रहिआएको छ । फोटो : CMभटटराइ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।