मङ्लबार, बैशाख १८, २०८१

गोपालदास पत्रकारिता पुरस्कार घिमिरे सम्मानित

 काठमाडौ असोज ७ , नेपाल प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरेलाइ सम्मानित गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच रु एक लाख पाँच हजार राशीको उक्त पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको हो ।

यस्तै रु एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट भने कास्कीका राजबहादुर गुरुङलाइ सम्मानित गरिएको छ । काउन्सिलले यसपटक काउन्सिल आचारसंहिता पुरस्कारबाट हाम्रो एफएम दोलखालाइ रु ५० हजार राशिको पुरस्कार, धनुषाका बृजकुमार यादवलाइ  रु ३० हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

 त्यस्तैगरि रु २० हजार राशीको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट भने नवराज पुडासैनी क्रमस रु २० हजार राशीको भाषागत पुरस्कारतर्फ ‘गुगुल्डी मासिकलाइ  स काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार जुम्लाका कृष्णमाया उपाध्याय र मकवानपुरका नानीमैया विष्टलाइ र प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट कास्कीका पूण्य पौडेललाइ प्रदान गरेको छ भने जनही रु २० हजारको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सिरहाका सुरेश यादव, नपलपरासीका गोपाल परियार र सुनसरीका रिता मोक्तानलाइ प्रदान गरिएको छ ।

यसैगरी अर्को जनही रु रु २० हजार राशीको प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट चन्द्र बाँनिया र उज्ज्वल पहाडी तथा सागर पण्डित र   सशक्त लेखन पत्रकारिता पुरस्कारबाट रमेश रावल र प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट काटुर्न विधातर्फ अविन श्रेष्ठ र फोटो पत्रकारितातर्फ पद्मसागर कक्षपतिलाएलाइ सम्मनित गरिएको छ । त्यस्तै काउन्सिलले चार वरिष्ठ पत्रकारहरु क्रमस केदारमान सिंह, मुक्तिनाथ खनाल, हरिकला अधिकारी र रमेशकाजी स्थापितलाइ पनि सम्मान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।