बिहिबार, बैशाख १३, २०८१

काङ्ग्रेसले प्रदेशस्तरमा विधान संसोधनका लागि सुझाव संकलन गर्ने

काठमाडौ असोज ७ , संघीय संसदका प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसको पार्टीगत विधान संसोधनका लागि गठित केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक विधान मस्यौदाका लागि प्रदेशस्तरमा सुझाव सङ्कलन गर्ने भएको छ। शनिवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गरिने जानकारी दिनुभएको छ ।

संयोजक खड्काले यसक्रममा इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखसंग  सुझाव सङ्कलन गरिने बताउनु भयो ।

त्यस्तै उहाँले संकलीत सुझाव अनुरुप परिमार्जित विधान आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।