शनिबार, बैशाख १५, २०८१

भूकम्प पीडितका लागि तीन लाख सहुलियतपूर्ण कर्जा, यस्तो छ मापदण्ड

काठमाडौ असोज १० ,मन्त्रिपरिषद्बाट पारित ‘सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग निजी आवास पुनः निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण काम शुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् ।

प्राधिकरणका अनुसार पिडितका लागि यसरी सशर्त प्राप्त हुने कर्जा निजी आवास पुनः निर्माणका लागि मात्र प्रयोग गर्न पाइने , ऋणी वा निजको परिवारको नाममा देशभर कुनै पनि स्थानमा बस्न योग्य अर्को घर नभएको हुनुपर्ने र हालसम्म निर्माण कार्य शुरु गर्न नसकेको भूकम्पपीडित हुनुुको अलावा कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदानबाहेक अन्य संस्थागत अनुदान नलिएका हुनुपर्ने जनाउँदै यसको अधिकतम सिमा पाँच वर्षका लागि हु्ने प्राधिकरणले जनाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितको निजी आवास पुनः निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्ने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।