बिहिबार, बैशाख १३, २०८१

समाचार सङ्कलनमा रोक लगाउँनु प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप : महासंघ

काठमाडौ असोज १० नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित  गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित  उच्चस्तरीय समितिको प्रतिवेदन  मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापालाइ बुझाउँने क्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको थियो ।

महासंघले यसरी समाचार संकलनमा सञ्चारकर्मीलाई रोक लगाउँनु भनेको नागरिकको सुसूचीत हुने अधिकारमाथिको प्रहारसंगै  प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप भएको जनाएको छ ।  महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा    प्रेस र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गर्दै सोही दिन संसद्को राज्यव्यवस्था समितिको बैठकको समाचार सङ्कलनका लागि सिंहदरबार पुगेका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको घटनाप्रति पनि महासङ्घले खेद प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।