शनिबार, बैशाख १५, २०८१

ज्याठामा अक्सिजन सिलिण्डर पड्किएर आगलागी हुँदा घरधनी सहित सात घाइते

फाइल फोटो

 काठमाडौ भाद्र २६, कामपा वडा नं २७ स्थित ज्याठामा आज विहान पानीतान्ने क्रममा   अक्सिजन सिलिण्डर पड्किडा भएको आगलागीमा परि सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा स्थानीय सुमन स्थापितको निवासमा निस्किएको आगोको झिल्कोका कारण सो आगलागी भएको जनाउँदै प्रहरीले स्थापितको निवासको बताईएको छ ।
भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर रहेको र तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएकोे जानकारी दिएका छन ।
त्यस्तै घटनाका घाइतेमध्ये घरधनी सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएको जानकारी दिदै आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएको बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।