आइतवार, बैशाख १६, २०८१

१४ औँ निजामती सेवा दिवस मनाउन मुख्य सचिव रेग्मीको संयोजकत्वमा समिति गठन

 काठमाडौ भाद्र ७,  विसं २०६२ भदौ २२ गतेबाट औपचारिकरूपमा मनाउन सुरु गरिएको निजामति दिवस यस वर्ष २२ गते मनाइने भएको छ । १४ औँ निजामती सेवा दिवसलाइ भव्य रुपमा मनाउँन मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

दिवसको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम आयोजनार्थ  मुख्य सचिव रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै दिवसको अवसरमा सरकारले विभिन्न विधागत रुपमा कर्मचारीलाई पुरस्कृत गर्ने छ ।

प्राप्त जानकारी अनुसार अनुसार यसपटक १ जना कर्मचारलिाइ सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा सम्मान प्रदान गर्ने भएको छ ।