शुक्रबार, बैशाख १४, २०८१

भक्तजनहरुको सुविधालाइ दृष्टिगत गर्दै केबलकारको क्षमता विस्तार

 काठमाडौं साउन २८,   आज भन्दा दुइ दशक पहिले   चितवन को–ई समूह अन्तर्गतको कम्पनी मनकामना दर्शन प्रालिले  नेपालकै पहिलो केबुलकारको रुपमा  सञ्चालमा  गरेको केबुलकारले  मनकामना दर्शन गर्ने भक्तजनहरुको सुविधालाइ दृष्टिगत गर्दै आफ्नो सेवा  अर्थात केबलकारको क्षमता विस्तार गर्दैआसन्न दशैंबाट  थप सेवा सुरु गर्ने भएको छ। 

यसअघि ३१ वटा डब्बाबाट मनकामना दर्शनार्थीको सेवामा समर्पित कम्पनीले मन्दिरमा भक्तजनको बढ्दो चापका कारण डब्बा थप गर्दै आफ्नो क्षमता विस्तार गरेसंगै केबलकारको डिब्बा संख्या अव ३४ पुगेको छ भने दैनिक थप एक हजार भक्तजनले अव सहजरुपमा मनकामनाको दर्शन गर्न पाउँने भएको कम्पनी कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनु भएको छ ।

कम्पनीले नयाँ डिब्बा अस्ट्रियाको डोपलमेयर कम्पनीबाट झिकाएको हो ।