बुधबार, बैशाख १९, २०८१

प्रस्तावित प्रन्या जोशीको नाम अनुमोदन वा अस्वीकृतको सवालमा आज नितिगत निर्णय हुँदै

काठमाडौं साउन १८,   संसदीय सुनुवाइ विशेष समितिको आज बस्ने बैठकले सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने भन्ने विषयमा नितिगत निर्णय गर्ने भएको छ ।

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढदल र प्रतिपक्षी दलवीच फरक मत देखिएका कारण सांसदहरु एकमत हुन सकेका छैनन् । यसअघि पटक पटक सर्दै आएको समितिको बैठकलाई आज निर्णायक बनाउने समिति सभापति लक्ष्मणलाल कर्णले विहिवार हामीसंगको भेटमा बताए ।

जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै सत्तारुढदल ले अनुमोदन गर्न आनाकानी गर्दै आएको छ भने प्रतिपक्षीदलले अनुमोदन गर्नु पर्ने बताउँदै आएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।