शनिबार, बैशाख ८, २०८१

सांसद पालले सदन मार्फत सरकारको ध्यानाकर्षण गराएलगत्तै गुहमन्त्रीले गरे कडा कारबाहीको प्रतिबद्धता

काठमाडौं साउन १७,  संघीय संसदको आजको बैठकमा नेकपाकी सांसद निरुदेवी पालले गत साउन १५ गते राति ८ः१५ बजे आफूमाथि मध्यबानेश्वरमा आक्रमणको प्रयास भएको सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै जानकारी गराउँनु भएको छ ।     घटनाकोजानकारी गराउँने क्रममा सासंद पालले भनिन दूध लिनेका लागि आफु कोठाबाट पसल गएर फर्कंदै गर्दा बाटोमा रहेका एक व्यक्तिले छेकेर पेस्तोल तेसाउँदै सुनुवाइ समितिको भोलिको बैठकमा भाग लिइस् भने प्रधानमन्त्रीले पनि बचाउन सक्दैन भनेर धम्की दिएको बताइन ।

त्यस्तै बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सांसद निरुदेवी पालमाथि भएको घटनाको निन्दा र भर्त्सना गरेका छन । 

यसैवीच प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउ दिनु भएको छ ।   त्यस्तै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी पददै गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा सल्ग्न अपराधीको खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 त्यस्तै सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको जानकारी गराउँदै प्रस्तुत प्रकरणको गम्भीर छानबिन भइरहेको भन्दै मुलुकमा  राजनीतिक स्थायित्व नचाहने तत्वले प्रस्तुत घटना घटाउने प्रयास गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।