मङ्लबार, बैशाख १८, २०८१

प्रस्तावित प्रन्या जोशीको नाम दुई तिहाइ मतद्दारा अस्वीकृत, काँग्रेस सासंदले यसो भने

 काठमाडौ साउन १८,   सर्वोच्चका लागि प्रस्तावित प्रन्याको नाम सुनवाय समितिको दुई तिहाइले अस्वीकृत गर्दै मुलुकको इतिहासमानै पहिलो पटक नया अध्याय सिर्जना गरिएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको कुल सदस्य मध्ये १० जना सदस्यले मतदानमार्फत प्रस्तावित प्रन्या दीपकराज जोशीको नाममा असहमति जनाएसंगै उहाँको नाम अस्वीकृत भएको हो । मतदानको क्रममा नेपाली काँँग्रेसका ४जना सांसदले मतदान प्रक्रियामा वहिष्कार गरे भने जोशीको विपक्षमा नेकपाका ९ संघीय समाजवादी फोरमका १ सासदले मतदान गरेका थिए ।

समितिका सभापतिले पक्ष वा विपक्षमा बराबर मत भएमा निर्णायक मतका रुपमा मात्र मतदान गर्ने व्यवस्था अनुरुप उहाँले मतदान गर्नु भएन । मतदान लगत्तै समितिका सभापति लक्ष्मणलाल कर्णले “अस्वीकृत गर्ने पक्षमा १० र विपक्षमा शून्य मत परेको जनाउ दिदै प्रस्तावित प्रन्या जोशीको नाम अस्वीकृत भएको घोषणा गर्नु भएको हो ।

यसैवीच प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको छ ।  समितिमा रहेका काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले नियुक्ति अस्वीकृत गर्नुपर्ने तर्कसँग असहमति रहेको जनाउँदै बैठक बहिष्कार उहाँहरुको भनाइ रहेको छ ।

 Published on: Aug 3, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।