बुधबार, बैशाख १९, २०८१

दुई मन्त्री र १ राज्यमन्त्रीको शपथ सहित प्रम ओली नेतृत्वको सरकार विस्तार

 काठमाडौ साउन १८, प्रधानमन्त्री केपी ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई त्यस्तैगरि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको प्रमको सचिवालयले जनाएको छ । प्रम सचिवालयका अनुसार नवनियुक्त ३ मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहणको कार्यक्रम तय भएको जानकारी समेत दिएको छ ।

 यसेवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यो सपथग्रहण संगै अब प्रम केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् ।

Published on: Aug 3, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।