शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको प्रदेशसभा सम्बोधन संसदीय मर्यादा विपरित दम्भको पराकाष्ठा भएको काँग्रेसको जिकिर

काठमाडौं भाद्र ५ , नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रधानमन्त्री ओलीले प्रदेशसभालाइ सम्बोधन गर्दै प्रत्यक्ष परोक्षरुपमा आफ्नो नियन्त्रण कायम गर्न खोजेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले विश्वको कुनैपनि संघीय मुलुकमा प्रधानमन्त्रीले प्रदेशसभालाइ सम्बोधन गर्ने गरेको नभएको जिकिर समेत गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री ंअंगरक्षकसहित सदनमा प्रवेश गर्नु अनि प्रदेशसभामा लाइ सम्बोधन गर्नु प्रमको दम्भ अराजकता भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।